जुडो च्याम्पियनसिपका लागि चार खेलाडी छनोट

जुडो च्याम्पियनसिपका लागि चार खेलाडी छनोट



एसियन, ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि चार जुडो खेलाडी छनोट भएका छन् । नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान २–२ पुरुष÷महिला गरी चार खेलाडी छनोट भएको जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए ।

नयाँबजार (काठमाडौं) स्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र ६० केजीमुनि सुबोध मण्डल छनोट भए ।

महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ र ४८ केजीमा निशा श्रेष्ठ छानिए । चारै खेलाडी बन्दी सहायता गृह (पाम) का खेलाडी हुन् । च्याम्पियनसिप लेबनानमा डिसेम्बर २ देखि ५ तारिखसम्म सञ्चालन हुनेछ ।