इस्लामिक स्टेट (आईएस)का उच्चपदस्थ सदस्य सामी जसिमलाई इराक बाहिरको कारबाहीमा सोमबार गिरफ्तार गरेको इराकी प्रधानमन्त्री मुस्तफा अल(कादिमीले घोषणा गरेका छन् ।
इराकको गुप्तचर सेवाले आईएसको आर्थिक मामिलाको जिम्मा र पूर्व आईएस नेता अबु बकर अल-बगदादीका डेपुटी जसिमलाई गिरफ्तार गर्न देश बाहिर एउटा जटिल अभियान चलाएको प्रधानमन्त्रीले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।
अल कादिमीले कहिले र कहाँ ठ्याक्कै उक्त अपरेशन भयो भन्नेबारे थप विवरण भने बताएका छैनन् ।
इराकी संयुक्त अपरेसन कमाण्डले जारी गरेको विज्ञप्तिका अनुसार जसिमलाई इराकको सिमाना बाहिर एक अपरेशनमा थप विवरण नदिई पक्राउ गरिएको सिन्ह्वाले जनाएको छ ।
कमाण्ड स्टेटमेन्टका अनुसार जसिम चरमपन्थी समूह चलाउने र समूहका वर्तमान नेता अब्दुल्लाह कारादाशको कमिटिको नजिक छन् ।
प्रतिक्रिया