नेपालमा शुक्रबार ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १७१, भक्तपुरमा १८ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ३७ पुगेको छ ।
शुक्रबार ९३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ९४६ सक्रिय संक्रमित रहेका छन् भने गत चौबीस घन्टामा ७ हजार २५३ पीसीआर तथा २ हजार १२३ एन्टिजेन परीक्षण भएको छ।
प्रतिक्रिया