अमेरिकाबाट एक लाख मात्रा खोप आउँदै

अमेरिकाबाट एक लाख मात्रा खोप आउँदै



संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

‘सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ’, यहाँस्थित अमेरिकी दूतावासले केहीबेरअघि ट्वीट गर्दै भनेको छ ।

यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।