पाकिस्तानको राजधानीमा डेङगुका घटनाहरू बढिरहेका पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आइतबारको २४ घण्टाको अवधिमा इस्लामाबादमा १४६ थप बिरामीमा डेङ्गुको सङ्क्रमण पुष्टि गरिएको छ भने यो अवधिमा एकको मृत्यु भएको एआरवाई न्युजले स्थानीय अधिकारीलाई उद्धृत गरी आइतबार जनाएको छ ।
संघीय राजधानीमा यो वर्ष अहिलेसम्म दुई हजार ८६७ जना डेङ्गुका कारण बिरामी परेका छन् भने ११ जनाको मृत्यु भएको छ । पाकिस्तानी अधिकारीले डेङ्गुको संक्रमण दर उच्च भन्दै आवश्यक सावधानी अपनाउन स्थानीय नागरिकलाई सचेत बनाएका छन् ।
पञ्जाबमा शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाको अवधिमा डेङ्गुका ५४६ नयाँ संक्रमण देखिएकाले शनिबारको तथ्याङ्क बढी देखिएको समाचारमा जनाइएको छ ।
लाहोरमा ३६१ डेङ्गु ज्वरोका बिरामी रहेको प्रान्तीय स्वास्थ्य सचिव इमरान सिकन्दर बालोचले बताए ।
प्रतिक्रिया