विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ६ लेकसाइडमा नाबालकहरुलाई ललाइफकाइ, विभिन्न प्रलोभनमा पार्नुका साथै धम्कीसमेत दिएर यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा फेला पारी गत शनिबार दिउँसो पक्राउ गर्नुका साथै बालकहरुको उद्दार गरेको हो ।
रोबर्टउपर जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया