दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन

दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन



दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उनको स्वास्थ्यमा सुधार भएन र मङ्गलबार निधन भएको हो ।

पूर्व सेनाप्रमुख समेत रहेका रोहले सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष दक्षिण कोरियाको राष्ट्रपति बनेका थिए ।

उनी राष्ट्रपति भएको बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको माग भइ त्यसलाई स्विकारेका थिए । रोह डेमोक्रेटिक जस्टीस पार्टीका नेता थिए । उनको जन्म सन् १९३२ को डिसेम्बर ४ मा दक्षिण कोरियाकै डाएगुमा भएको हो ।