राष्ट्रियसभाका उपाध्यक्षको सुरक्षा गार्डको पेस्तोलबाट सिंहदरबारमा फायर

राष्ट्रियसभाका उपाध्यक्षको सुरक्षा गार्डको पेस्तोलबाट सिंहदरबारमा फायर



चेकजाँचको क्रममा बुधबार मध्याह्न सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो ।

संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।

ड्युटी सकेर पेस्तोल चेकजाँच गर्ने क्रममा उक्त गोली फायर प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार घटनाको अनुसन्धान जारी रहेको छ ।

file photo