आर्थिक स्थिति कमजोर भएका खेलाडीलाइ सुमनको सहयोग

आर्थिक स्थिति कमजोर भएका खेलाडीलाइ सुमनको सहयोग


आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई वितरण गर्ने गरी कराते खेलाडी सुमन तिमल्सिनाले दुई खेल संस्थालाई खेल पोशाक सहयोग स्वरुप उपलब्ध गराएका छन् । करिब ६० हजार मुल्य बराबरको कराते र तेक्वान्दो पोशाक सुमनले संस्थालाई वितरण गरेका हुन् ।

नेपाल गोजुरियो कराते डो संघलाई २४ थान गी (कराते पोशाक) तथा कोटेश्वर तेक्वान्दो डोजाङलाई १६ थान डोबोक (तेक्वान्दो पोशाक) सुमनले व्यक्तिगत उपलब्ध गराए ।

सुमनले गोजुरियो कराते संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बिआर मित्र तथा कोटेश्वर तेक्वान्दो डोजाङका सिनियर प्रशिक्षक विशाल रायमाझीलाई एक कार्यक्रमबीच पोशाक हस्तान्तरण गरे ।

सुमनले आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले पोशाक उपलब्ध गराएको बताए ।

महासचिव मित्र र सिनियर प्रशिक्षक रायमाझीले सहयोगले खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिए । दुवैले लक्षित वर्गलाई पोशाक उपलब्ध गराउने प्रतिबद्धता जनाए ।