नेपालमा पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५५ वटा नमूना (पीसीआर ८८४८ र एन्टीजेन २५०७) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
बिहीबार काठमाडौं उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १५७, भक्तपुरमा १२ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोनासंक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८२ पुगेको छ ।
यस्तै, बिहिबार ६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म ७ लाख भन्दा बढी कोरोनामुक्त भएका छन् ।
नेपालमा अहिलेसम्म ८ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको र कोसंक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३८२ पुगेको छ ।
प्रतिक्रिया