‘रानी एलिजावेथको स्वास्थ्य एकदमै राम्रो अवस्थामा’

‘रानी एलिजावेथको स्वास्थ्य एकदमै राम्रो अवस्थामा’



बेलायतकी ९५ वर्षीया महारानीलाई कम्तीमा पनि दुई साता आराम गर्न चिकित्सकले सल्लाह दिएको भन्ने सञ्चारमाध्यममा समाचार आएपछि प्रधानमन्त्री बोरिस जोनसनले शनिबार ‘महारानीको स्वास्थ्य अवस्था एकदमै राम्रो’ भएको जानकारी दिएका छन् ।

‘मैले महामहिमसँग कुरा गरेँ, उहाँ एकदमै राम्रो अवस्थामा हुनुहुन्छ,’ प्रधानमन्त्री जोन्सनले रोमस्थित बेलायती टेलिभिजन च्यानल ४ सँग सप्ताहन्तमा जी–२० शिखर सम्मेलनका क्रममा भने, ‘उहाँलाई चिकित्सकको सल्लाह पालन गरेर आराम गर्न भनिएको छ, मलाई लाग्छ यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । मेरो विचारमा सारा देशले उहाँलाई शुभकामना दिनेछ ।’

‘बकिङहम प्यालेसले शुक्रबार भनेको छ, ‘हालै ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ का लागि अस्पतालमा एक रात बिताएकी महारानीले कम्तीमा पनि अर्को दुई हप्तासम्म निको हुन चिकित्सा सल्लाह पालन गरिरहनुभएको छ ।’