गजुरीमा खुल्यो यामाहाको नयाँ शोरुम

गजुरीमा खुल्यो यामाहाको नयाँ शोरुम


  • विकाश रौनियार, धादिङ

धादिङको गजुरी बजारमा एमएडब्ल्यू इण्टरप्राइजेजले यामाहाको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले कालिका ऑटो ट्रेडर्स शोरुममार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा उपलब्ध गराउने गरी आइतबारदेखि शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई दृष्टिगत गरी शोरूम स्थापना गरिएको कालिका अटो ट्रेडर्सका युवा संचालक शैलेस नेपालले बताए ।

शोरुमबाट एक्सचेन्ज मेला पनि शुरु भएको जानकारी दिँदै नेपालले यामाहाको देशभर ९७ वटा शोरुम सञ्चालनमा रहेको बताए ।