जापानको सत्तारुढ दललाई एकल बहुमत हासिल

जापानको सत्तारुढ दललाई एकल बहुमत हासिल


  • टोकियो (जापान) प्रतिनिधि

जापानमा आइतबार (३१ अक्टुबर) भएको संसदको तल्लो सदन प्रतिनिधिसभाको आमनिर्वाचनमा सत्तारुढ दल लिवरल डेमोक्र्यटिक पार्टी एक्लैले प्रतिनिधिसभाको २६१ सिटको ल्याइ एकल बहुमत प्राप्त गरेको छ । कुल ४ सय ६५ सिटका लागि भएको निर्वाचनमा एलडिपी एक्लैले २४४ सिटमा जित हासिल गरेको हो ।

प्रधानमन्त्री पद सम्हालेको निकै छोटो समयमा आम निर्वाचनमा गएको किशिदा फुमिओको सरकारको पहिलो चुनौती सकिएको छ । अर्थात् यो निर्वाचनले लिब्रल डेमोक्रेटिक पार्टीको एकल बहुमतको विरासत कायम राख्दै किशिदा सरकारलाई निरन्तरता दिने म्यान्डेट प्रदान गरेको छ ।

निर्वाचनको अन्तिम मत परिणामअनुसार एकल सिटतर्फ कन्सिच्युसनल डेमोक्रेटिक पार्टीले ९६, कोमेइतोले ३२, कम्युनिस्ट पार्टीले १०, निप्पोन इसिन नो काई (जापान इनोभेसन पार्टी)ले ४१, डेमोक्रेटिक पार्टी फर द पिपुलले ११, रेइवा शिनसेनगुमीले ३, सोसल डेमोक्रेटिक पार्टीले १ र स्वतन्त्रले १० सिटमा आफ्नो जित्न सफल भएका छन् ।

त्यस्तै, समानुपातिक तर्फको १ सय ७६ सिटमा एलडिपीले ७२ सिट ल्याएको छ । यो सन् २०१७ को आम निर्वाचनको भन्दा सुध्रिएको नतिजा हो । त्यस समय यो संख्या केबल ६६ रहेको थियो । कन्सिच्युसनल डेमोक्रेटिक पार्टीले ३९, कोमेइतोले २३, कम्युनिस्ट पार्टीले ९ सीट ल्याउदा विगतमा भन्दा २ सिट गुमाएको छ । निप्पोन इसिन नो काई (जापान इनोभेसन पार्टी)ले २५, सोसल डेमोक्रेटिक पार्टीले ५ र रेइवा शिनसेनगुमीले ३ सिट ल्याउन सफल भएका छन् ।

पार्टीले एकल बहुमत प्राप्त गरेको परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री किशिदाले आफ्नो दलले बहुमत ल्याएपछि प्रशन्नताका साथ विश्वास गरी मतदान गर्ने मतदाताहरुमा आभार व्यक्त गर्दै हाल कायम प्रशासनलाई निरन्तरता दिने बताएका छन् ।