धादिङ टी-२० क्रिकेटको उपाधी गजुरीले जित्यो

धादिङ टी-२० क्रिकेटको उपाधी गजुरीले जित्यो


  • विकाश रौनियार, धादिङ

धादिङ जिल्ला क्रिकेट संघले कात्तिक ११ गते देखि आयोजना गरेको टी -२० क्रिकेट प्रतियोगिता गजुरी सामुदायिक विकास समाजले जितेको छ । गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै उपाधि जितेको हो ।

टस जितेर ब्याटिङका लागि आएको गजुरीले २० ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्र ११० रन जोडेको थियो । गजुरीका सविन उप्रेतीले ३४ बलमा ३ चौकाको मद्दतले २८ रन जोडे। सुरेन्द्र मगरले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडे । गजुरीका ६ ब्याटरले भने रन आउटमार्फत आफ्नो विकेट गुमाएका थिए ।

त्रिपुरासुन्दरीका अनिल अधिकारीले ४ ओभरमा १७ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिए । अनिलले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी उज्वलको विकेट पनि हात पारे । श्रीकृष्ण र उदय थापाले भने सम्मान १–१ विकेट हात पारे । जवाफी ब्याटिङ गर्न गरेको त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८९ रनमा सिमित बन्यो । १४ ओभरमा ६२ रन जोड्दै मात्र ५ विकेट गुमाएर खेलमा रहेको त्रिपुरासुन्दरीले उदय थापालाई २१ रनमा गुमाउँदा खेल पनि गुमाउन पुग्यो । उदय थापाले २५ बलमा २१ रन जोडे ।