बुङ्गलमा सर्वाधिक धनराशिको बिसीए कप क्रिकेट प्रतियोगिता हुने

बुङ्गलमा सर्वाधिक धनराशिको बिसीए कप क्रिकेट प्रतियोगिता हुने


  • सुरेश धामी, बझाङ

  • बझाङ
  • बझाङ जिल्लाको बुङ्गल नगरपालिकामा क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद : स्वास्थ्यका लागि खेलकुदु भन्ने मुल नारालाई विगतदेखि नै गुञ्जायमान गर्दै ‘बुङ्गलको पर्यटन प्रवर्द्धन र विकासको लागि खेलकुद’ भन्ने नाराका साथ खुल्ला धौलीदेवी स्मृति बिसीए कप प्रतियोगिताको आयोजनाको गर्न लागेको बुङ्गल क्रिकेट एन्सेन्ट क्लव (बिसीए)का अध्यक्ष आनन्द कार्कीले जानकारी दिए ।

    बुङ्गल क्रिकेट एन्सेन्ट क्लबको आयोजनामा यही कार्तिक ९ गतेबाट सञ्चालन हुनेगरी सम्पुर्ण तयारी पूरा गरिएको भए पनि बेमौसमी वर्षाले ठाँउ-ठाउँमा बाढी पहिरोले बाटो भत्किएर समस्या उत्पन्न भएपछि आवतजावत गर्न सहज नभएको भन्दै प्रतियोगित स्थगित गरिएको थियो । सर्वाधिक धनराशिको धौलीदेवी स्मृति बिसीए कप २०७८ अब यहि कार्तिक २७ गते बुङ्गल नगरपलिका-६ झपामा हुन लागेको छ ।

    खेलमा १३ वटा भन्दा बढी टिमले सहभागिता जनाउने प्रारम्भिक जानकारी दिइएको छ, तथापि कति टिम सहभागी हुनेछन् भनी अझै एकीन भइनसकेको बताइएको छ । प्रतियोगितामा प्रथम विजेतालाई नगद रु दुई लाख ५० हजारसहित आर्कषक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वित्तीय पुरस्कार एक लाख, म्यान अफ द सीरीज २० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान र अनुशासित खेलाडीलाई पाँच/पाँच हजार रुपयाँ प्रदान गरिनेछ भने म्यान अप द म्याचलाई मेडल कफका साथै आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बुङ्गल क्रिकेट एन्सेन्ट क्लव (बिसीए)का सचिव भुपेस सिँहले जानकारी दिए ।