बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत प्राप्त

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत प्राप्त



बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासका मत पाएका छन् । प्रदेशसभामा कामय रहेको १०९ मतमध्ये पाण्डेले ५९ मत पाएका हुन् ।

पाँचदलीय गठबन्धनका साझा उम्मेद्वारका रुपमा यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले कात्तिक १४ गते विश्वासको मतको प्रस्ताव दर्ता गराएका थिए ।

गठबन्धनमा रहेका माओवादी केन्द्रका २३ जना, कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसदले पाण्डेलाई मत दिएका छन् भने उनको विपक्षमा एमालेको ४३ जना सांसदले मतदान गरेका थिए ।