विद्यार्थी, व्यवसायी, प्राविधिकका लागि जापान प्रवेशमा लचकता

विद्यार्थी, व्यवसायी, प्राविधिकका लागि जापान प्रवेशमा लचकता


  • टोकियो प्रतिनिधि

जापानले विद्यार्थी, व्यवसायी, प्राविधिकसहित डिपेन्डेन्ट भिषाका व्यक्तिका लागि जापान प्रवेशमा खुल्ला गरेको छ । जापान सरकारले आज सोमबारबाट लागु भएको नयाँ नियमअनुसार विद्यार्थी, कामदार र प्राविधिक प्रशिक्षार्थीले जापान प्रवेश गर्नका लागि सरकारले जारी गरेको कागजपत्रसहित आवेदन दिनुपर्ने ब्यवस्था गरिएको छ ।

सोमबारबाट जापान भित्रने विद्यार्थीका हकमा विद्यालयको कागजपत्र, कामदारको हकमा कम्पनीकोको आधिकारिक पत्र र प्राविधिक प्रशिक्षार्थीका हकमा सम्बन्धित कम्पनीले अध्यागमन विभागसमक्ष विभिन्न कागजपत्रहरु पेश गरी आवेदन दिनुपर्ने हुन्छ ।

जापान सरकारले जारी गरेको सिओईको म्याद २०२० को जनवरी १ देखि २०२१ मार्च ३१ सम्म जारी गरेको सिओइको म्याद २०२२ को अप्रिल ३० तारिखसम्म कायम रहने अध्यागमन विभागले जानकारी दिएको छ ।

त्यसैगरी, पुनः जापान प्रवेश गर्नेहरुले कोरनाविरुद्धको खोप लगाएको भएपनि तीन दिन विमानस्थलको क्वारेन्टाइनसहित १४ दिन बस्नुपर्ने व्यवस्था गरिएको छ । जापान प्रवेश गर्ने नया प्रवेशीले भने क्वारेन्टाइन अवधिमा छुट पाउन जापान सरकारले मान्यता दिएको खोप लगाएको हुनुपर्ने छ ।

सोमबार जारी गरिएको सूचनामा पर्यटन लगायतका भिषाहरु भने अवस्थाहेरी खुल्ला गरिने सूचनामा जनाइएको छ ।