न्यायालयको गत्यारोधबारे गठबन्धन बैठकमा छलफल नभएको दाबी

न्यायालयको गत्यारोधबारे गठबन्धन बैठकमा छलफल नभएको दाबी


तस्बिर रासस


पाँच दलीय समन्वय समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पुऱ्याउन पाँचदलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको हो ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठका अनुसार समितिमा ११ सदस्य रहने छन् भने सत्ता गठबन्धनमा रहेका दलबाट दुई-दुई जना र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहने निर्णय भएको छ ।

नेता श्रेष्ठका अनुसार हरेक पार्टीले दुई-दुई महिना समितिको नेतृत्व गर्नेछन् । पहिलो संयोजन नेपाली कांग्रेसले गर्नेछ । कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले संयोजन गर्ने बताइएको छ ।

हरेक बैठकमा प्रधानमन्त्री सहभागी हुने नेता श्रेष्ठको भनाइ छ । सरकार सञ्चालनमा सहयोग पुऱ्याउने तर सरकार सञ्चालन गर्ने संयन्त्र नभएको प्रष्ट्याउँदै नेता श्रेष्ठले समिति गठनको उद्देश्य गठबन्धनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने दलहरूको समन्वय समिति भएको जानकारी दिए ।

बताइएअनुसार राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा, संस्थागत सुदृढीकरण, सुरक्षा, सुशासन, सेवा र विकास एवं निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ समिति गठन गरिएको हो ।

न्यायालयमा देखिएको गतिरोध र विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका विषयमा कुनै छलफल नभएको दाबी गर्दै उनले गठबन्धन बैठकमा आसन्न राष्ट्रियसभा बैठकमा मिलेर जाने सहमति भएको जानकारी दिए ।