सदस्य-सचिव ढकालद्वारा पदबहाली

सदस्य-सचिव ढकालद्वारा पदबहाली



राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव विष्णुराज ढकालले पदबहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्यसचिव ढकालले सोमबार पदबहाली गरेका हुन् ।

कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयानुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ उपदफा (१२) बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य-सचिवको रुपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो । ढकाल युवा तथा खेलकुद मन्त्रालयका सहसचिव हुन् ।

पदबहालीपछि सदस्य-सचिव ढकालले नवौं राष्ट्रिय खेलकुद र आ.व. २०७८/७९ का महत्वपूर्ण कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताए ।

पदवहालीअघि सदस्यसचिव ढकाललाई राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।