टी-२० विश्वकपको सेमिफाइनल समिकरण पूरा

टी-२० विश्वकपको सेमिफाइनल समिकरण पूरा



सेमिफाइनलको पहिलो खेलमा इङ्गल्याण्ड र न्यूजिल्याण्ड भिड्ने

आइसीसी २०२१ टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरण सम्पन्नसँगै सेमिफाइनलमा पुग्ने चार टीमहरूको पनि टुङ्गो लागेको छ । इङ्गल्याण्ड र पाकिस्तान लगातार चार खेल जित्दै सेमिफाइनलमा प्रवेश गरे पनि अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजील्याण्ड र भारतमध्ये कुन दुई टोली सेमिफाइनलमा पुग्छन् भन्ने टुङ्गो लाग्न सकेको थिएन ।

अन्तिम खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे पनि दक्षिण अफ्रिकाले इङ्गल्याण्डलाई पराजित गरे पनि सेमिफाइनलमा प्रवेश गर्न असफल भएको थियो ।

समुह १बाट इङ्गल्याण्ड र अष्ट्रेलिया र समुह २बाट पाकिस्तान र न्यूजिल्याण्ड पहिलो र दोश्रो स्थान हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह १ मा इङ्गल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाले समान ४ खेल जित्दै ८ अङ्क प्राप्त गरे पनि बेटर रन रेटका आधारमा इङ्गल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

त्यस्तै, प्रतियोगिताको प्रमुख दाबेदार आयोजक भारत सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ । पाकिस्तान र न्यूजील्याण्डसँगको पहिलो दुई खेलमा पराजित भएको भारतले त्यसपछिका तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि त्यो उसलाई सेमिफाइनलमा पुग्नको लागि पर्याप्त भएन् । पाकिस्तान र न्यूजीलण्डसँग ब्यहोरेको पराजयको मूल्य भारतले यो विश्वकपमा नराम्रोसँग चुकाउनु प¥यो ।

सेमिफाइनलको पहिलो खेल कार्तिक २४ गते बुधवार आवुधाबीमा इङगल्याण्ड र न्यूजील्याण्डविच हुने छ । त्यस्तै दोश्रो सेमिफाइनल कार्तिक २५ गते बिहीबार दुबईमा पाकिस्तान र अष्ट्रेलियाका बीच हुनेछ । यी दुई खेलमा विजेता टीम फाइनलमा प्रवेश गर्नेछन् ।

क्रिकेट विशेषज्ञका अनुसार यो पटक इङ्गल्याण्ड र अष्ट्रेलिया फाइनलमा पुग्ने र इङ्गल्याण्ड टी–२० २०२१ को विजेता बन्ने अनुमान गरिएको छ ।