दुई सातामै बढाइयो पेट्रोलियम पदार्थको मूल्य

दुई सातामै बढाइयो पेट्रोलियम पदार्थको मूल्य


अब पेट्रोलको प्रतिलिटर १३६, एलपी ग्यासको प्रतिसिलिण्डर १५७५ रुपैयाँ

तिहारअघि मात्र मूल्य वृद्धि गरेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । बुधबार गरिएको मूल्यवृद्धिअनुसार डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ भने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएर १,५७५ पुऱ्याएको छ।

पछिल्लो मूल्यवृद्धिअनुसार अब पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ भने खाना पकाउने ग्यासको मूल्य दुई साता अवधिबीच १२५ रुपैयाँले बढाएर प्रतिसिलिण्डर १५७५ पुऱ्याइएको छ ।

मूल्यवृद्धि गर्नुपर्ने कारणको रुपमा पहिलेकै भाषामा ुअन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले मूल्य बढाउनु परेकोु तर्क निगमले प्रेस विज्ञप्तिमार्फत पेश गरेको छ ।