आजको पञ्चाङ्ग एवम् राशिफल (२६ कात्तिक २०७८ शुक्रबार, १२ नोभेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ कात्तिक २०७८ शुक्रबार, १२ नोभेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शरद ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ कार्तिक २६ गते शुक्रबार तद्अनुसार सन् २०२१ नोभेम्बर १२ तारिख कार्तिक शुक्लपक्ष अष्टमी तिथि १०ः४३ पर नवमी तिथि धनिष्ठा नक्षत्र वृद्धि योग बालव करण आनन्दादिमा धाता योग चन्द्रमा मकर राशिमा ८ः२० बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः२३ मा भयो र सूर्यास्त साँझ १७ः११ मा हुनेछ ।

आजको राशिफल

मेष – समय लाभदायक रहनेछ । जग्गाजमिनको कारोबारमा लाभ मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको सहयोग रहला । खेलकुद र भ्रमणमा रुचि होला । धन र मान बढ्ला । हांसविलासमा आकर्षण बढ्ने छ ।

वृष – लेखन तथा ज्ञानगुनका कुरामा रुचि बढ्नेछ । दिन शुभ र सफलतादायक रहे पनि मिहेनतअनुसारको फल भने मिल्ने छैन । तथापि, नयाँ सम्भावना देखापरेर आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मिथुन – सुखको समाचार सुन्नुहुनेछ तर दिएको पैसा फिर्ता नहुने योग हुनाले ध्यान राख्नुपर्ला । स्वास्थ्यमा समस्या देखापर्न सक्छ । यात्रा होला । अन्नधन बढ्नेछ । परिश्रममा वृद्धि होला । नयाँ सम्भावना देखा पर्ला । कार्यमा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट – समय मिश्रित फलदायक रहनेछ । रमाइलो यात्रा र सवारी साधनको सुख मिल्ला । प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख पाइनेछ । मान महत्व बढ्नेछ । समस्याको समाधान प्राप्त होला । आफ्नै बल विवेकले काम गर्नु हितकर होला ।

सिंह – मित्रजनबाट सुख र साथ मिल्नेछ । नसोचेको ठाउँबाट धनलाभ होला । आफन्तको सहयोग प्राप्त हुनेछ । भागदौड व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्व बढ्नेछन् । ऋण रोग र शत्रुप्रति जित होला । अस्तव्यस्ततामा कमी हुनेछ । काममा विजय प्राप्त होला । देखिएको समस्या समाधान हुनेछ ।

कन्या – सवारीसाधनमा सावधानी अपनाउनुहोला । मिठो भोजन मिल्नेछ । रोकिएको धन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । मित्रजनको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । आशा उत्साह बढ्ला ।

तुला – प्रक्रिया नमिल्दा काम दोहो¥याउनुपर्ला । ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – नयाँ ठाउँमा धन लगानी गर्दा लाभपूर्ण रहनेछ । समय अनुकूल नै रहला । प्रेममा सफलता मिल्नेछ । सन्ततिसुख बढ्नेछ । विवादमा नपर्नुहोला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । विलासमा आकर्षण बढ्नेछ ।

धनु – समाजसेवाको कामबाट ख्याति र प्रशंसा मिल्ला । रोकिएका काम बन्ला । धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर – शरीरमा आलश्य जाग्नेछ । प्रत्युत्पादक काममा समय बित्ला । सवारी साधनमा सावधानी अपनाउनुहोला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ – आकस्मिक धनलाभ होला । दानपुण्यमा खर्च हुँदा सन्तोष मिल्नेछ । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । व्यस्त रहनुहुनेछ ।

मीन – चुनौतीहरुलाई पन्छाउन सक्नुहुनेछ । नचिताएको ठाउँमा खर्च होला । आरोग्यता र सुखशान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुखशान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ ।