बेलारुसमा फसेका आप्रवासीहरूप्रति विश्व स्वास्थ्य सङ्गठन चिन्तित

बेलारुसमा फसेका आप्रवासीहरूप्रति विश्व स्वास्थ्य सङ्गठन चिन्तित



विश्व स्वास्थ्य सङ्गठनले युरोपेली सङ्घसँगको सीमा विवादका बीच बेलारुसमा फसेका हजारौँ आप्रवासीहरूको स्वास्थ्य अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ ।

‘हामी सबै राज्यहरूलाई बेलारूसी सिमानामा शरणार्थी र आप्रवासीहरूको स्वास्थ्यको अधिकारको रक्षा गर्न आग्रह गर्दछौँ, जसमध्ये धेरैलाई चिकित्सा सहायता चाहिएको छ,’ विश्व स्वास्थ्य संगठन युरोपका निर्देशक हान्स क्लुगेले आग्रह गरेका छन् ।

‘म जाडो नजिकिँदै पोल्याण्ड, लाटभिया र लिथुआनियासँगको बेलारुसको सिमानामा र दशगजामा फसेका हजारौँ कमजोर मानिसहरूको बारेमा धेरै चिन्तित छु’, क्लुगेको भनाइ छ ।

सयौँ आप्रवासीहरू मुख्यतया कुर्दहरू, बेलारूसी–पोलिश सिमाना नजिकै चिसो मौसममा केही दिनदेखि अड्किएका छन् । यस क्षेत्रमा कम्तीमा १० जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।