‘देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउने क्षमता कांग्रेससँग मात्र’ : ज्ञानेन्द्र कार्की

‘देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउने क्षमता कांग्रेससँग मात्र’ : ज्ञानेन्द्र कार्की


file photo: rss

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन कांग्रेसले मात्र सक्ने दाबी गर्नुभएको छ ।

सुनसरी (मोरङ)को कोशी गाउँपालिका–१ स्थित लौकहीमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर ४ को क्षेत्रीय अधिवेशन उद्घाटन गर्नुहँुदै मन्त्री कार्कीले जनताको अभिलाषा तथा अकांक्षा पूरा गर्ने एक मात्र पार्टी कांग्रेस रहेको बताउनुभयो । जनताको अधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, सडक, बत्तीलगायत विकास निर्माण विभिन्न कार्य पूरा गर्ने पार्टी कांग्रेस नै भएको मन्त्री कार्कीले दाबी गर्नुभयो ।

कांग्रेस सबै जातजाति, भाषा, धर्म, संस्कृति र देशका कुनै पनि कुनामा बसेका व्यक्तिको साझा पार्टी भएको उल्लेख गर्दै उहाँले मन्त्री कार्कीले पार्टीलाई बालियो र प्रभावकारी बनाउन सबै एकजुट हुन आवश्यक रहेकामा जोड दिनुभयो । कांग्रेसको नेतृत्वमा वडादेखि केन्द्रसम्ममा योग्य सक्षम र कांग्रेसको सङगठनलाई बलियो बनाउन सक्ने नेतृत्वलाई चयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सहमति, सहकार्य र एकतालाई अवलम्बन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगर प्रमुख राजन मेहता, हरिनगरका अध्यक्ष गफार अन्सारी, सुनसरी कांग्रेसका सचिव केदार भण्डारी, कोषाध्यक्ष पङ्कज महतो, पूर्वसभापति रामबहादुर बस्नेत, प्रदेशका सभापति हारुण अन्सारी र उपेन्द्र कटवाललगायतका नेताको सहभागिता थियो । कार्यक्रम क्षेत्री सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।