आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता घोषणा

आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता घोषणा


१२ लाख ५२ हजार पाएका सेवाग्राही जीवेश दाहाल भन्छन्- ‘यो पैसा बाख्रा पालन विस्तारमा लगाउँछु’



आइएमईले २०७८ का ठूला चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ ।

प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका छन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेका आइएमईले जनाएको छ ।

दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत रु एक लाख ५६ हजार ५५८ घर पठाएका थिए । उनले बम्पर पुरस्कारमा पठाएको रकमको आठ गुणा बढी प्राप्त गरेका छन् । बम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताए । उनका घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् ।

बम्पर उपहार घोषा कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत २० वर्षदेखि आइएमईले विदेशमा नेपालीले आर्जन गरेको रकम सहज रुपमा घर पठाउने व्यवस्था गर्दै आएको बताए । उनले भने- ‘आइएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहलाई विशेष ध्यान दिएको छ । विप्रेषण दैनिक उपभोगमा अधिक खर्च भएको छ त्यसलाई कम गर्दै प्रतिफल दिने दीर्घकालीन परियोजनामा लगानी गर्न आवश्यक छ ।’

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीसँगको सम्बन्ध अझ सुमधुर बनाउन र व्यवसाय प्रवद्र्धन गर्न प्रस्तुत कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे भने ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि र दीपाश्री निरौलाले लामो समयदेखि आइएमईसँग आबद्ध हुन पाउँदा आफुहरुलाई खुशी लागेको अभिव्यक्ति दिए ।