भारतमा बाढीका कारण १५ को मृत्यु, सय जना बेपत्ता

भारतमा बाढीका कारण १५ को मृत्यु, सय जना बेपत्ता



भारतको आन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु सयभन्दा बढीलाई बगाएर बेपत्ता बनाएको त्यहाँका सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

निरन्तरको अत्यधिक वर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाहरुले बताएका एएनआईले जनाएको छ।

बाढीले विषेश गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ ।

बाढीप्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयमसेवकको टोली खटिएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सात ओटा टोली खटिएको सरकारी अधिकारीहरुको भनाइ छ ।

खोजी तथा उद्धारकार्य जारी रहे पनि सय जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरुमध्ये अधिकांशलाई जिवितै भेटिने सम्भावना कम रहेको बताइएको छ । उद्धारर्काहरुका अनुसार बाढीका कारण मृत्यु भएकाको सङ्ख्या बढ्न सक्ने देखिएको छ ।