महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा थप सदस्यहरु मनोनयन गरिएको छ ।
आर्थिक समितिका संयोजक एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार सल्लाहकार र १० सदस्य गरी १४ जनालाई समितिमा मनोनयन गरेका हुन् ।
मनोनयन हुने सदस्यमा दीपक खड्का, उमेश श्रेष्ठ, जीपछिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुङ्गटा, महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डे छन् ।
यसैगरी, सल्लाहकारमा विनोद चौधरी, दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी र पाल्देन गुरुङ मनोनयन भएका छन् । उक्त समितिले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने खर्च जुटाउने कार्य गर्ने बताइएको छ ।
सो पार्टीको कात्तिक २८ गते बसेको केन्द्रीय समितिको बैठकले सञ्चारमन्त्री कार्कीलाई महाधिवेशन आर्थिक समितिको संयोजकको जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया