सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबार भएका खेलमा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले लिगमा सुखद सुरुआत गरेको हो । मनाङका लागि दिनेश राजवंशीले खेलको ५६औँ मिनेटमा निर्णायक गोल गरे । उनी सो खेलमा म्यान अफ दी म्याच चुनिए । जितसँगै मनाङले तीन अङ्क जोडेको छ ।
यस्तै दशरथ रङ्गशालामा आइतबार नै भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गराएको छ ।
ब्रिगेडका लागि दिनेश राईले दुई तथा सुरज गुरुङले एउटा गोल गरे । एपीएफका लागि भने आशिष लामा र बिकी तामाङले एक एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा ब्रिगेडले सुरुआती अग्रता लिएको थियो । खेलको ११औँ मिनेटमा राईले करिब ३५ यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो । खेलको १७औँ मिनेटमा एपीएफले बराबरी गोल फर्कायो । आवास लामिछानेको क्रसमा आशिष लामाले उक्त गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा पु¥याए ।
यस्तै खेलको ६५औँ मिनेटमा राजवंशीले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रिगेडलाई २–१ को अग्रता दिलाए । खेलको ७७औँ मिनेटमा रवि थिङको पासमा बिकी तामाङले गोल गर्दै एपीएफलाई २–२ गोलको बराबरीमा पुऱ्याए । खेलको अत्तिरिक्त समयमा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई ३–२ को जित दिलाए । सो खेलको म्यान अफ दी म्याच ब्रिगेडका रोशन राना मगर घोषित भए ।
जितसँगै ब्रिगेडले ३ अङ्क जोडेको छ । लिगअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम ९एनआरटी० बीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।
प्रतिक्रिया