डब्लुडब्लुई अन्तर्राष्ट्रिय रेस्लिङमा विशेष पहिचान बनाएर विश्वभरि ख्याति कमाएका दलिपसिंह राणा यतिबेला पुनः चर्चामा आएका छन् । डब्लुडब्लुईमा ‘द ग्रेट खली’का नामले विख्यात सुपरस्टार खली यतिबेला राजनीतिमा प्रवेश गर्ने सम्भावनाका कारण चर्चामा आएका हुन् ।
पछिल्लो समय दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले खलीसँग भेटघाट गरेर एकसाथ तस्बिर शेयर गरेपछि खली आम आदमी पार्टीमा प्रवेश गर्न लागेको अड्कल काटिएको हो । पञ्जावमा केही महिनापछि हुन लागेको विधानसभा चुनावअघि केजरीवाला र खलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । खलीसँगको भेटलाई आम आदमी पार्टीले ठूलो सफलताको रूपमा लिएको छ ।

मुख्यमन्त्री केजरीवालले खलीसँग मिलेर पञ्जावको मुहार बदल्ने कुरा ट्वीटबाट सार्वजनिक गरेपछि खली आम आदमी पार्टीमा प्रवेश गर्न लागेको अनुमान गर्न सकिन्छ । तर अहिलेसम्म खलीले आम आदमी पार्टीमा प्रवेश गरेको कुनै आधिकारिक बयान दिएका छैनन् ।
त्यस्तै, ग्रेट खलीले आफू आम आदमी पार्टीले शिक्षा, स्वास्थ्य, पानी र बिजुलीमा गरेको कामप्रति निकै प्रभावित भएको बताएका छन् । सन् २०१७ को विधानसभा चुनावमा खलीले आम आदमी पार्टीका उम्मेदवारको प्रचार गरेका थिए ।
प्रतिक्रिया