इटालीमा अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना गरिने

इटालीमा अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना गरिने



इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ ।

इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा बिक्री गर्ने बिक्रेताहरूलाई उक्त जरिवाना गरेको हो । इटालियाली यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो ।

एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक विक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न पनि रोकेको छ । इटालीको बजारमा ती उत्पादनहरूको बिक्रीलाई केवल अमेजन र चयन गरिएका पक्षहरूलाई भेदभावपूर्ण ढंगमा अनुमति दिएको बिक्रेतामाथि आरोप लागेको छ ।