उम्मेदवारमाथि आक्रमण भएपछि मतगणना स्थगित

उम्मेदवारमाथि आक्रमण भएपछि मतगणना स्थगित


नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ को मतगणनास्थलमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि सांघातिक आक्रमण भएको छ ।

रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका केसीलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले आक्रमण गरेको हो । मतगणना जारी रहेको अवस्थामा उम्मेदवार केसीमाथि आक्रमण भएपछि मतगणना स्थगित भएको छ ।

आक्रमणबाट घाइते भएका केसीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जानकारी दिए ।

मतगणनामा पौडेल समूहका उम्मेदवारहरुले अग्रता लिएका थिए । आक्रमणपछि मतगणना स्थगित भएको छ ।