नेपाली बजारलाई लक्षित गर्दै ब्ल्याक प्लस डेक्करले यस वर्ष दशैँ-तिहार लक्की स्क्र्याच योजनाका साथै मासिक र बम्पर लक्की ड्र अफर योजना ल्याएको छ । लक्की स्क्र्याच योजनाअन्तर्गत ब्ल्याक प्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा उपभोक्ताले एउटा स्क्र्याच कार्ड पाउनेछन्, जसमा हात खाली नजाने रु १,००,००० सम्मका आकर्षक क्यास प्राइज तुरन्त प्राप्त गर्न सकिने बताइएको छ ।
मासिक र बम्पर लक्की ड्र योजनाअन्तर्गत मासिक उपहारहरुमा ब्ल्याक प्लस डेक्करको ओ.एफ.आर ओएल हिटर र ओ.टी.जी ओवन जित्न सकिनेछ भने बम्पर लक्की ड्रमा एलजीको ९ के.जी फ्रन्टलोड वाशिङ मेसिन जित्न सकिने कम्पनीले जनाएको छ ।
सोही योजनाको दोस्रो मासिक लक्की ड्र मङ्सिर ६ गते ब्लाक्क प्लस डेक्कर ब्रान्डको आधिकारिक फेसबूक पेजमार्फत लाइभ घोषणा गरिएको थियो । यस दोस्रो मासिक लक्की ड्रको बिजेता खोटाङका प्रशन्ना राजभण्डारी भएकी छन् । भण्डारीले ब्ल्याक प्लस डेक्करको ओ. एफ. आर. हिटर जितेकी छन् ।
ब्ल्याक प्लस डेक्करको दशैँ-तिहार लक्की स्क्र्याच योजनाका साथै बम्पर लक्की ड्र अफरअन्तर्गत एल.जीको ९ के.जी फ्रन्टलोड वाशिङ मेसिनको भाग्यशाली विजेता घोषणा गर्न बाँकी नै छ । यस योजनामा सहभागी हुनका लागि ब्ल्याक प्लस डेक्करको सामान खरिद गरी वारेन्टी कार्डको अर्धकट्टिमा आफ्नो पूर्ण विवरण भर्नुपर्ने प्रावधान छ । कम्पनीले यो योजना ०७८ असोज १५ देखि सीमित अवधिका लागि लागू गरिएको जनाएको छ । ब्ल्याक प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इ.ओ.एल रहेको छ ।
प्रतिक्रिया