युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैङ्कबीच स्वरोजगार कर्जा लगानीसम्बन्धी सम्झौता भएको छ ।
राज्यमा ब्याप्त बेरोजगार युवालाई बैङ्क, वित्तीय तथा सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउँदै आएको कोषले पछिल्लोपटक बैङ्कमार्फत पनि लगानी परिचालन गर्न लागेको हो ।
स्वरोजगारिता सृजना गर्ने उद्देश्यले २०६५ सालमा स्थापित स्वरोजगार कोषले यसअघि मूलभूत रूपमा सहकारी संस्थामार्फत लगानी गर्दैआएको भए पनि कोषमा विश्वमोहन अधिकारी कार्यकारी निर्देशक रूपमा नियुक्त भएर आएपछि बैङ्कमार्फत लगानी गर्ने कार्य पुनः शुरू गरेका छन् ।
कोषले हालसम्म बैङ्क, वित्तीय तथा सहकारी संस्थाबाट करिब १० अर्ब ४७ करोड रूपैयाँ कर्जा लगानी गरिसकेको छ । त्यसबाट हालसम्म करिब ८१ हजारभन्दा बढी युवाहरूलाई स्वरोजगार बनाईसकेको छ ।
त्यस्तै कोषले थप स्वरोजगारिता सृजना गर्नको लागि पछिल्लोपटक गरिमा विकास बैङ्कसँग रू। ५ करोड थोककर्जा लगानीको लागि मङ्सीर ०८ गते सम्झौता गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया