सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबार सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार २०० तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ३०० थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २३० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भयो ।