किसुनजीको सम्झना -हरिप्रसाद भट्टर्राई

किसुनजीको सम्झना -हरिप्रसाद भट्टर्राई


चुनाव लड्थे सन्त काङ्ग्रेसी नामका कुल
हराउँथे उनीलाई मिलेर चैते फूल
कराउँदै कुकाङ्ग्रेस हिन्दुस्थानी भनी-भनी
सधैं खेदो गरिरहन्थे गिरिजा दुश्मन बनी
प्रधानमन्त्री हुँदा उनले गरेनन् देशमर्दन ।।
बरु छोडिदिए उच्च पदै लोभीहरूकन
गिरिजा हुन् पदै खोस्ने राष्ट्र अस्थिर बनाउन
गोहीका आँसु झारेर के गर्र्छौ काग्रेसीजन –
न ल्याए छोरी विदेशी न दिए पद नै यहाँ
न विरासद दिने इच्छा जगाए काङ्ग्रेसै महाँ
हुँदा मालिक सत्ताको न भ्रष्टाचार गरे कुनै
आज यो राष्ट्रका माझ रहेनन् हामीमा उनी ।।
सन्त वसन्तका साथै झुलियौ यस राष्ट्रमा
ज्ञान बुद्धि पनि आओस् सभासद्हरू माझमा
मिलोस् ज्ञान उनैबाट संविधान बनाउन
सत्चालीस सालमा उनले बनाए संविधान यहाँ ।।
छाता, सुराही, किताब सन्तका निजी सम्पत्ति
घर नेपाल थ्यो सारा नेपाली सब सन्तति
सबै छोडिगए अहिले नेतामा दिई सद्मति
हेरौँ नेपालका नेता भन्नेले गर्दछन् कति ।।
अल् बिदा किसुनजी हाम्रो अनि मेरो पनि अझ
विचार सब छोडेर जानु भो मृत्युलोक पर
जहाँ सत्चिदानन्द प्रकाश ज्योति मात्र छ
उनै श्रीकृष्णका साथ किसुनजी बस्नुहोस् अब ।।
-लालबन्दी
-सन्तनेता भट्टर्राईको ८८औँ जन्मजयन्तीको अवसरमा)

जीवनको सार्थकता -ठाकुरमान लामा
सक्छु बोक्न संसारै भनी फलाक्नुभन्दा
उठाउनु त्यो मसिनो सियो
तब देख्नेछ
संसारले त्रि्रो पुरुस्वार्थ
अनि गर्नेछ गर्व तिमीमाथि

हुँ मर्ैर् इश्वर अरू सब दास भनी कराउनुभन्दा
मृत्युलाई जिती हेर
तब मान्नेछ
त्रि्रो अजरतालाई
त्रि्रो अस्तित्वलाई

धनवान्, ऐर्श्वर्यमान् भनी सोच्नुभन्दा
घटाउनु एक गरिबी
तब हुनेछ
मुक्त दर्रि्र ती मानसिकता
बुझनेछौ जीवनको सार्थकता

हुँ मै ज्ञानवान्, बुद्धिमान् भन्नुभन्दा
फुलाउनु एक फूल
तब भन्नेछ
दुनियाँले तिमी महान्
गर्नेछ त्रि्रो सम्मान ।
-ओख्रेनी, रामेछाप,

युवा शक्तिलाई आह्वान
-समृद्घ नेपालको सिर्जना) -निर्भीक र्राई
हुन्डरीले बरको रुख ढली सेप हट्दा
अनेक थरी वनस्पति
उम्रने, बढ्ने, फुल्ने, फल्ने मौका पाएको नेपालमा ।
आहा ! पूर्ण स्वतन्त्रता प्राप्तिको यो अपूर्व, उल्लासी अवसरमा
देशव्यापी विकासको लहर हल्लाउनु परेको युवा जमातले
आपसी भिडन्तको धङधङीबाट बौरिँदै ।
मान्छेको भुँडी फुटाउने बमहरूले
अक्करको भँुडी फुर्टाई
अब सडक ओछ्याउने पहाडमा ।
समानताको डोजर चलाई
विभेदको खाडल सम्याउने मधेसमा ।
बन्दुक थन्क्याउने खलियो लगाई कच्चेटझैँ ।
ध्वंसमा बग्ने खुनको धाराको साटो
निर्माणमा झर्ने पसिनाको झरी चाहिएको ।
भागिरहेका खोला, नदीलाई बाँधले छेकी
मुलुकको भोक-प्यास मेट्ने, अँध्यारो पखाल्ने ।
ओरालो झरिरहेको पानीमा
तेलको भैँm विद्युत्शक्ति खेर गइरहेको ।
बाबियोझैँ पोया-पोयामा छुट्टिएर रहे
शत्रुले हामीलाई छिनाउने हुँदा
लठारोझैँ बाटिएर रहने एकमुष्ट ।
नेपाल दुई ढुङ्गाबीचको तरुलझैँ
कफल्ला हुनको साटो
झम्पलझैँ कडा हुने ।
तब ढुङ्गा आफूतिर र्सदा तरुलझैँ किचिनुको साटो
सरेको ढुङ्गालाई हटाउन सक्षम हुने झम्पलझैँ ।