स्वीडेनको संसदमा प्रधानमन्त्रीका लागि पुनः मतदान गरिने

स्वीडेनको संसदमा प्रधानमन्त्रीका लागि पुनः मतदान गरिने



स्वीडेनका विधायकहरूले आगामी सोमबार ‘सोसल डेमोक्रेटिक पार्टी’का नेता म्याग्डालेना एन्डर्सनलाई नै प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने निर्णय लिन संसदमा मतदान गरिने भएको छ । यो एक हप्ता पनि नबित्दै उनलाई प्रधानमन्त्री चुन्नका लागि दोस्रो मतदान हुने भएको हो ।

संसदले गत बुधबार देशकै पहिलो महिला प्रधानमन्त्रीको रूपमा एन्डर्सनलाई निर्वाचित गरेको थियो, तर उनको गठबन्धन सरकारका सहभागीले उनलाई साथ नदिने भएपछि प्रधानमन्त्री निर्वाचित भएको केही घण्टापछि एन्डर्सनले राजीनामा दिएकी थिइन् ।

चवन्न वर्षीया एन्डर्सनले सोसल डेमोक्रेटबाट मात्र बनेको अल्पसंख्यक सरकार गठन गर्ने सम्भावना देखिएको एएफपीले जनाएको छ । उनलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी गठबन्धनको बहुमत सदस्यले उनविरूद्ध मतदान गर्नुपर्ने प्रावधान स्वीडेनको कानूनमा रहेको छ ।