तीन वटा कोभिड केश भेटिएपछि शंघाइका उडानहरू रद्द गरियो, विद्यालयहरु बन्द

तीन वटा कोभिड केश भेटिएपछि शंघाइका उडानहरू रद्द गरियो, विद्यालयहरु बन्द



चीनले आफ्नो कडा शून्य-कोभिड नीति जारी राखेको कारण शंघाईमा कोरोना भाइरसका तीन घटना भेटिएपछि सयौँ उडानहरू रद्द गरिएका छन् । केही विद्यालयहरू बन्द गरिनुका साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको छ ।

बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको एएफपीले जनाएको छ ।

शंघाइबाट नजिकै पर्ने शहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ । बिहीबार साँझ जारी एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ ।

शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट ५०० भन्दा बढी उडानहरू रद्द गरिएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।