जर्मनीद्वारा दक्षिण अफ्रिकाबाट हुने अधिकांश यात्रा प्रतिबन्धित

जर्मनीद्वारा दक्षिण अफ्रिकाबाट हुने अधिकांश यात्रा प्रतिबन्धित



जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड-१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यहााका कार्यवाहक स्वास्थ्य न्त्री जेन्स स्पानले शुक्रबार यसबारे जानकारी दिएका छन् ।

शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र ‘सम्भवतः छिमेकी राष्ट्रहरू’ लाई असर गर्ने स्पानको भनाइ छ । यद्यपि जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ ।

खोप लगाए पनि उनीहरू स्वदेश पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान गरिएको छ।