बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आक्रमणबाट गेरुवा गाउँपालिका–४ राजीपुरका ६२ वर्षीया कालुराम थारुको मृत्यु भएको हो ।
आइतबार साँझ घरनजिकै मध्यवर्ती वनक्षेत्रमा गोठालो गएको बेला पाटेबाघले आक्रमण गरेको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीको भनाइ छ ।
बाघको आक्रमणबाट बर्दियामा गत आर्थिक वर्षदेखि अहिलेसम्म १५ जनाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया