राखेपको सदस्यसचिवमा माओवादीका घिसिङ नियुक्त

राखेपको सदस्यसचिवमा माओवादीका घिसिङ नियुक्त



राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवमा सरकारले टंकलाल घिसिङलाई नियुक्त गरेको छ । नेपाल रग्वी संघको पूर्वअध्यक्ष रहेका घिसिङ नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश सचिवालय सदस्य हुन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव नियुक्त गरेको हो ।

सदस्यसचिवमा चार वर्षको लागि नियुक्त गरिएका घिसिङले मंगलबार पद तथा गोपनियताको सपथ लिने बताइएको छ ।