हवाइ टिकट बिक्री नगर्न जापानको आग्रह

हवाइ टिकट बिक्री नगर्न जापानको आग्रह


  • विशेष प्रतिनिधि, जापान

जापानको यातायात मन्त्रालयले नयाँ हवाइ टिकट बिक्री नगर्न हवाइ कम्पनीहरुलाई आग्रह गरेको छ ।

दक्षिण अफ्रिकामा देखापरेको ओमिक्रोन भाइरसको सक्रमण नियन्त्रण गर्न भन्दै विदेशी प्रवेशमा प्रतिबन्ध लगाएको जापानले हवाइ कम्पनीहरुलाई अन्तराष्ट्रिय उडानका नयाँ टिकट बुकिङ्ग नगर्न आग्रह गरेको हो ।

यसअघि जापानले जापानमा नयाँ प्रवेश गर्ने विदेशीहरुको प्रवेशमा प्रतिबन्ध लगाउने र १ दिनमा ३ हजार ५०० जनालाई मात्रै प्रवेश गर्ने निर्णय गरेको थियो ।

नामिबियाबाट जापान प्रवेश गरेका एक विदेशीलाई दक्षिण अफ्रिकामा भेटिएको ओमिक्रोनको संक्रमण पुष्टि भएपछि जापानले आफ्ना नीतिहरु आक्रामक ढंगले परिवर्तन गर्दै आएको छ ।

यसैबीच जापानमा एकअर्का विदेशीलाई ओमिक्रोन संक्रमणको पुष्टि भएको छ । केही दिन अघि जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलमा झरेका ती व्यक्तिलाई कोरोनाको नयाँ भेरिएण्ट ओमिक्रोनको संक्रमण देखिएको हो । योसहित जापानमा ओमिक्रोन सक्रमितको संख्या २ पुगेको छ ।