एसियन युथ पारा गेम्समा पलेसाले राष्ट्रिय झण्डा बोक्ने

एसियन युथ पारा गेम्समा पलेसाले राष्ट्रिय झण्डा बोक्ने



एसियन युथ पारा गेम्स २०२१ मा नेपालको तर्फबाट सहभागिता जनाएकी तेक्वान्दोकी पाराओलम्पियन पलेशा गोवर्धनले उद्घाटन समारोहमा राष्ट्रिय झण्डा बोक्ने भएकी छन् । प्रतियागिता मंसिर १६ बिहीबारदेखि बहराइनमा सञ्चालन हुँदैछ ।

प्रतियोगिताको उद्घाटन बहराइनको आइएसओ टाउनस्थित ओलम्पिक रङ्गशालामा हुनेछ । उद्घाटन समारोहमा पलेशाका साथ ब्याडमिन्टनका प्रकाश अधिकारी रहनेछन्् ।

एसियन पारा अलम्पिक कमिटी र बहराइन सरकारको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाललगायत ४४ राष्ट्रको सहभागिता रहने छ । जस्मा १ हजार जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालको तर्फबाट तेक्वान्दोका तीन खेलाडीहरू पलेसा गोवर्धन, सृजना घिसिङ र विशाल गर्बुजाको सहभागिता रहको छ भने ब्याडमिन्टनतर्फ प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

टुगेदर राइजिङ स्ट्रङ्गर नाराका साथ एशियन युथ पारा गेम्स २०२१ सञ्चालन हुँदैछ ।