प्रधानन्यायाधीश जबरा अस्पतालबाट घर फिर्ता

प्रधानन्यायाधीश जबरा अस्पतालबाट घर फिर्ता



कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनुभएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज घर फर्कनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट स्वास्थ्यलाभ गरी उहाँ घर फर्कनुभएको हो । कोभिड-१९ को सङ्क्रमण निमोनियाका कारण उहाँ यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणा स्वास्थ्य लाभ गरी घर फर्कनुभएको उल्लेख छ ।