श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस



घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको सिन्ह्वाले जनाउको छ ।

बताइएअनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका एकजना व्यक्तिमा सो भाइरस देखिएको थियो । उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । यहीँ उनको उपचार भइरहेको छ । तर पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ ।

अमेरिकाको न्युयोर्क सहरमा पनि बिहीबार मात्र सो भाइरस भेटिएको थियो । नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको समाचार सार्वजनिक गरिउको थियो ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको थियो । यो भाइरस केही दिनमा नै विश्वका विभिन्न देशमा देखिइसकेको छ । अहिले यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ ।