अष्ट्रेलियामा पहिलोपटक नेपाली मूलकी चेली ‘काउन्सिलर’मा विजयी

अष्ट्रेलियामा पहिलोपटक नेपाली मूलकी चेली ‘काउन्सिलर’मा विजयी


  • राजन घिमिरे

अस्ट्रेलियाको मूल राजनीतिमा नेपाली मूलकी चेलीको प्रवेश भएको छ । पहिलोपटक नेपाली मूलकी चेली काउन्सिलर निर्वाचित भएको खबरले यतिबेला अष्ट्रेलियामा रहेका प्रबासी नेपालीहरूमा खुशीयाली छाएको छ ।

भद्र वाइबा लामो समयदेखि अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल ‘लेबर पार्टी’मा आवद्ध थिइन् । सो पार्टीबाट उम्मेदवारी दिएकी वाइबा शनिबार भएको चुनावमा न्यु साउथ वेल्स राज्यको ब्यांक्सटाउनबाट काउन्सिलर निर्वाचित भएकी हुन् ।

अस्ट्रेलियाको मूल राजनीतिमा प्रवेश गरेर काउन्सिलर पदमा चुनाब जित्ने वाइबा नेपाली मूलकी पहिलो व्यक्ति बन्न पुगेकी छन् ।

भद्र वाइबाले चुनाव जितेको क्षेत्रमा नेपाली मूलका प्रबासी नेपाली अष्ट्रेलियालीहरूको बाक्लो उपस्थिति रहेको छ । पछिल्लो समय अष्ट्रेलियाको मूलधारको राजनीतिमा नेपाली मूलका नेपालीहरूको प्रवेश बढेको छ, तर सफलता भने पहिलोपटक हात लागेको हो ।