कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रबार शर्मा विजयी

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रबार शर्मा विजयी



नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा शर्मा ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् ।

शर्माका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेका निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिएका छन् ।

निर्वाचनमा उपसभापतिद्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्रीद्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित भएका छन् ।

यसैगरी सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी बनेका निर्वाचन समितिले जनाएको छ ।