एसियन पारा गेम्समा पलेशाले जितिन् स्वर्ण !

एसियन पारा गेम्समा पलेशाले जितिन् स्वर्ण !



एशियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले स्वर्ण पदक जितेकी छिन् । के४४ विधाको ५७ केजीमुनिको तौल समूहमा पलेशाले नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएकी हुन् ।

स्वर्ण पदकको लागि भएको फाइनल खेलमा पलेशाले इरानी खेलाडी इब्रहिमी रोजालाई ६-० अङ्कले पराजित गरेकी थिइन् । यो नेपालले औपचारिक एशियाली क्षेत्रको खेलकुद प्रतियोगितामा प्राप्त गरेको पहिलो स्वर्ण पदक हो । उक्त प्रतियोगितामा सिर्जन घिसिङले रजत र विशाल गर्बुजाले कास्य पदक जितेका छन् ।

यसअघि सन् १९९८ को १३औँ एशियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् । यसबाहेक बहराइनमा भएको एशियन युथ पारा गेम्समा नेपालले १ रजत र १ कांस्य पदक समेत जितेको छ ।

बहराइनको मनामास्थित द आर्ट होटलमा सम्पन्न उक्त फाइनल खेल हेर्न वहराइनमा कार्यरत कार्यवाहक राजदुत अरुणा घिसिङको पनि उपस्थिति रहेको थियो । विजयी खेलाडीलाई घिसिङले बधाई दिएकी थिइन् ।