राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङलाई करातेका संस्थापक मध्येका एक राखेपका पूर्व सदस्यसचिव युवराज लामालगायत करातेकर्मीले बधाइ दिएका छन् ।
सदस्यसचिवकै कार्यकक्षमा पूर्व सदस्यसचिव लामासहित करातेका संस्थापक थानेश्वर राई, नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, सागका विभिन्न संस्करणका स्वर्ण विजेता दीपक श्रेष्ठ, कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, विप्लवलाल श्रेष्ठलगायतले सदस्य–सचिव घिसिङलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै बधाइ दिएका थिए ।
प्रतिक्रिया