सिडिएस विपीन रावत सवार हेलिकप्टर तमिलनाडुमा दुर्घटनाग्रस्त

सिडिएस विपीन रावत सवार हेलिकप्टर तमिलनाडुमा दुर्घटनाग्रस्त



भारतका चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपीन रावत सवार हेलिकप्टर तमिलनाडुमा दुर्घटनाग्रस्त भएको छ । रावतकी पत्नीसहित १४ जना सेनाका अधिकारी चढेको हेलिकप्टर एमआई–१७ बी ५ तमिलनाडुको कुनुरमा बुधबार दुर्घटनामा भएको हो ।

उक्त हेलिकोप्टरमा सुरक्षा प्रमुख रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरू सवार रहेका थिए ।

तमिलनाडुका वनमन्त्री के रामचन्द्रनले हेलिकप्टरमा १४ जना सवार रहेका, जसमध्ये पाँच जनाको मृत्यु भएको जानकारी दिएका छन् । अन्य दुई जनाको अवस्था चिन्ताजनक रहेको पनि बताइएको छ । घटनास्थल पुगेर मन्त्री रामचन्द्रनले सो जानकारी दिएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुर्घटनास्थलबाट चारवटा शव निकालिएको बताएको थियो । घाइते तीन जनालाई पनि अस्पताल लगिएको बताइएको छ ।

जनरल रावतलाई जनवरी १, २०२० मा देशको पहिलो चीफ अफ डिफेन्स स्टाफको रूपमा नियुक्त गरिएको थियो ।