माओवादीलाई सत्ता बुझाउन मैले पटक-पटक आग्रह गरेँ

माओवादीलाई सत्ता बुझाउन मैले पटक-पटक आग्रह गरेँ


-रुक्माङ्गद कटुवाल (पूर्वप्रधानसेनापति)
० नेपाली सेनालाई समावेशी बनाउने नाममा यतिबेला सुरु भएको प्रक्रियालाई तपाईंले कसरी हेरिरहनुभएको छ ?
– यसलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । केही नेपाली राजनीतिक दलका नेतृत्व वर्गमा नेपाली सेना भनेको ‘राजा’का सेना हुन् भन्ने हिसाबले हर्ेर्ने प्रवृत्ति अहिलेसम्म पनि पाइन्छ । राजाको नुन खाएकोले सेनाले उनकै चाकडी गर्छ भन्ने भ्रम तिनले पालिरहेका छन् । लोकतान्त्रीकरण, समावेशीकरणजस्ता नाममा जसरी पनि नेपाली सेनाको चरित्र खत्तम पार्ने, राष्ट्र, राष्ट्रियता, प्रजातान्त्रीकरण, मुलुकको अखण्डताका लागि अहिलेसम्म लिँदै आएको अडानलाई ध्वस्त पार्ने खेल यहाँ चलिरहेको छ । नेपालका नेपाली सेनालगायत नेपालका ‘स्थायी’ प्रकृतिका संस्थाहरूलाई ‘डिष्ट्रोय’ गर्ने प्रयत्न लगातार भइरहेको छ । हामी ‘राम्रो नेपाल’ खोजिरहेका छौँ तर ‘नयाँ नेपाल’का नाममा यस्ता विध्वंशकारी र आत्मघाती कदम यहाँ उठाइन्छ । भएका इन्स्टिच्युसनहरूलाई ध्वस्त बनाएर केको नयाँ नेपाल बन्छ ? तिनको सबलीकरणबाट पो राम्रो नेपाल जन्मन्छ त ! सेनालाई समावेशी बनाउने नाममा हाल गरिएका कामलाई पनि यसै पेरिफेरीमा रहेर बुझन सकिन्छ ।
० देश गणतन्त्रमा गएको परिवेशमा समावेशीको कुरा गर्नु कसरी अनुचित हुन्छ र ?
– गणतन्त्रको नाममा यस्तै जथाभावी किसिमको या लथालिङ्ग नेपाल चाहेका हौँ त हामीले ? नेपाललाई टुक्र्याएर ध्वस्त पार्न खोजेको हामीले ? नेपाललाई सङ्घीयता, समावेशी, समानुपातिक, धर्मनिरपेक्षताका नाममा विभाजित नै गर्न चाहेका हौँ त हामीले ? आपसमा काटाकाट-मारामार नै गर्न चाहेका छौँ त हामी नेपाली ? कि, हिमालदेखि तर्राई र महाकालीदेखि मेचीसम्मका समस्त जनतालाई ‘सबैको मूलघर त नेपाल हो’ भनी बुझाउन सच्चा हृदयदेखि नै चाहिरहेका छौँ ? समावेशीका नाममा उल्टापुल्टा कदम चाल्नुअघि सबैले ख्याल राख्नुपर्छ कि सर्वप्रथमत: हामी ‘नेपाली’ हौँ ।
० सेनालाई समावेशी या लोकतान्त्रिक रूप दिनुको अर्थ नेपाललाई विखण्डित तुल्याउने कदम ठान्नुहुन्छ तपाईं ?
– लोकतान्त्रीकरणको मूल आशय र मर्म के हो ? यो प्रत्रि्रश्न गर्न चाहन्छु म ।
० ०६२/६३ को जनआन्दोलनअघि नेपालको सेना तत्कालीन राजपरिवार या राजाको इशारामा चल्थ्यो, अब यसरी कोही व्यक्तिविशेषको इच्छामा नभई सेनाले विधिअनुरूप चल्नुपर्छ भन्ने आवाज त चौतर्फी उठिरहेको छ नि, होइन र ?
– नेपाली सेना जहिले पनि विधि या संविधानअनुसार नै चलेको छ । राज्यले बनाएको विधान जे छ त्यहीअनुसार चल्ने न हो । ०६२/६३ पछि जुन संविधान बन्यो, के त्यसको विरोध-प्रतिरोध गर्‍यो नेपाली सेनाले ? मैले संसद्का विभिन्न समितिहरूलाई जवाफ दिने क्रममा पनि पटकपटक भनेको छु- नेपाली सेनाले विधि उल्लङ्घन गर्‍यो भनेर एउटा मात्र उदाहरण दिनुस् तपाईंहरू ! कहाँ कानुन मिच्यो, कहाँ संविधान मिच्यो नेपाली सेनाले ? कुनचाहिँ नेपाली नागरिकलाई नेपाली सेनाले कहिले भेदभाव गरेको छ, कसैले तथ्य प्रस्तुत गर्न सक्छ ?
० नेपाली सेनाले मानवाधिकार उल्लङ्घन गरेको कुरा त समय-समयमा आएको छ नि !
– त्यस्तो आएको छ भने उल्लङ्घन गर्नेलाई कारबाही पनि त गरेको छ नि । कुनै विद्रोही समूहले नेपाली जनताको अगाडि गिराउनकै लागि मिथ्या आरोप लगाएकै भरमा त कुनै सेनालाई कारबाही गर्न मिल्दैन होला !
० तपाईं दरबारको विश्वासपात्र हुनुहुन्थ्यो, त्यसैअनुसार अहिले यो कुरा गरिरहनुभएको हो ?
– को थिएन कुनै बेला दरबारको विश्वासपात्र ? को मान्दैनथे दरबारलाई ? कसको थिएन राम्रो सम्बन्ध ? नेताहरूले पाउमा दाम चढाएको, प्रधानमन्त्री बन्न निवेदन हालेको बिर्सनुभयो तपाईंले ? रुक्माङ्गद कटवाललाई मात्र भन्न मिल्छ ? उसको मात्र थियो हिजो नेपालको राजसंस्था र राजदरबार ?
० अहिले पनि राजसंस्था मान्नुहुन्छ तपाईं ?
– मैले मात्र मानेर राजसंस्था मानिने होइन, नेपाली जनताले मान्नुपर्छ । सेरेमोनियल किङको कुरा पब्लिकमा कसरी आयो ? बेबी किङको प्रस्ताव कसले ल्यायो ? यस्ता कुरामा खै सोधखोज गरेको ? व्यक्तिविशेषलाई मात्र ‘दरबारिया’ भनेर आरोपित गर्न सुहाउँदैन ।
० त्यसो भए अन्तिम घडीमा तपाईंले राजसंस्थालाई धोका दिएको भन्न मिल्छ त ?
– कसरी धोका भन्ने ? त्यतिबेला नेपाली सेनासँग कुनै विकल्प नै थिएन । कसले धोका दियो-दिएन भन्ने त २०-५० वर्षपछि पनि हिसाब-किताब हुँदै गर्ला । राजावादी भनाउँदाहरूले के हेरेर बसे त्यो ‘बेबी किङ’को अवधारणा प्रस्तुत हुँदा ? परिस्थितिको आँकलन गरेर त्यसको लाभ उठाउने बुद्धि कसैलाई किन आएन ? नेपाली सेनासँग त के उपाय थियो र ? नेपाली सेना जहिले पनि परिवर्तनको पक्षमा हुन्छ, जनताको पक्षमा हुन्छ । किनकि, यो नेपाली जनताको सेना हो, राष्ट्रिय सेना हो । जनतालाई मार्ने यसको काम होइन । एउटा प्रसङ्ग म यहाँनेर उल्लेख गर्न चाहन्छु- द्वन्द्वको कालमा म प्रितनापति रहँदा प्रधानसेनापतिलाई मैले सोधेको थिएँ- विद्रोहीलाई के गर्ने भनेर, उहाँले क्लियर कट् रूपमा निर्देशन दिनुभएको थियो कि माओवादी पनि नेपाली जनता हुन्, त्यसैले तिनलाई मार्ने होइन बरु वार्तामा ल्याउन कोसिस गर्नू ! त्यसैले त हो १० वर्ष लडिसकेपछि माओवादी नेतृत्वले सार्वजनिक घोषणा नै गर्‍यो कि अब नेपाली सेनासँग लडाइँ होइन नेगोसियन खोज्नुपर्छ ।
० नेपाली सेना यतिबेला सरकारको निर्देशनमा चलेको छैन भन्ने आरोप लगाउनेहरूलाई के भन्नुहुन्छ ?
– सरकारको निर्देशनमा नचले के हावाको भरमा चलेको छ त सेना ?
० त्यसो भए तीन हजार मधेसी युवालाई सेनामा प्रवेश गराउने मन्त्रिपरिषद्को निर्णयप्रति प्रधानसेनापति छत्रमानसिंह गुरुङले किन असन्तुष्टि जनाउनुभएको होला –
– नेपाली सेनाले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको हो भन्ने मलाई लाग्दैन, बरु कानुन, संविधानको बर्खिलापमा सरकारले निर्णय गर्न लागेकोमा चाहिँ असन्तुष्टि व्यक्त गरिएको हुनसक्छ प्रधानसेनापतिद्वारा । जनताबाट निर्वाचित सांसदहरूले बनाएको संविधान र नियम-कानुनविपरीत कुनै निर्णय हुनु त उचित होइन नि ! नेपाली सेना संविधान, कानुन, इन्स्िटच्युटप्रति लोयल हुन्छ, कुनै व्यक्ति या दलप्रति होइन । यस क्रममा कसैले जबर्जस्ती कानुनविपरीत काम गर्न खोज्छ भने त सेनाले अडान लिनैपर्छ । यस्तो कार्यले नेपाल राष्ट्रलाई विखण्डनको बाटोमा लैजान सक्छ भनेर सेनाले आवाज उठाउन सक्नैपर्छ र सक्छ भन्ने मलाई लाग्छ ।
० तीन हजार मधेसी युवालाई सेनामा प्रवेश गराउने भन्ने जुन प्रक्रिया चलिरहेको छ, यसले नेपाली सेनालाई विखण्डित तुल्याउँछ ?
– ०६२/०६३ को आन्दोलनपछि ५५ र ४५ को अवधारणा ल्याइयो र त्यसअनुसार त सबै चलिरहेकै छन् । अब समावेशी र समानुपातिक भनेको के ? राष्ट्रिय सेनामा समस्त नेपालीलाई खुला प्रतिस्पर्धामा सरिक भएर प्रवेश गर्न त रोकटोक नै छैन, हुनु पनि हुँदैन । जहाँसम्म तर्राईवासीबाट केही आशङ्का व्यक्त गरिएको सर्न्दर्भ छ- यसलाई सम्बोधन गर्नका लागि त नेपाली सेनाले एउटा भिन्नै गण पनि खडा गरेको छ । यसका बाबजुद कुनै क्षेत्र या जातविशेषलाई टार्गेट गरेर ‘सेनामा प्रवेश गर्न दिनैहुन्न’ भनेर कहाँ भनिएको छ र कसले त्यस्तो व्यवहार अपनाएको छ- औंल्याउन सक्नुपर्‍यो नि !
० जनसङ्ख्याको आधारमा त तर्राईवासीलाई उनीहरूले मागेअनुरूप कोटा दिनुपर्ने नै होइन र ?
– राष्ट्रिय सेना जनसङ्ख्याको आधारमा कोटा तोकेर बनाइने कुरा होइन भन्ने फेरि पनि दोहोर्‍याउन चाहन्छु । संसारकै राष्ट्रिय सेनालाई हेरौँ न हामीले, यहाँको मात्रै कुरा नगरौँ, के जाति, जनजाति, क्षेत्र, धर्मको नाममा सेना हुन्छ ? जहाँसम्म तर्राईवासीको मुद्दाको सवाल छ, मेरै पालामा पनि तर्राई क्षेत्रका विभिन्न स्थानमा भर्ती केन्द्र खोलेर सेनामा प्रवेश गराउने कोसिस गरिएकै हो ।
० तपाईं मापदण्डअनुसारको सक्षम व्यक्तिले मात्र सेनामा प्रवेश पाउन सक्ने कुरा गर्नुहुन्छ, तर तर्राईका युवा त्यस्ता सक्षम नभएकोले विशेष व्यवस्था हुनुपर्ने माग उठाइएको हो नि !
– सक्षम त हुनुपर्‍यो नि राष्ट्रिय सेनामा प्रवेश गर्ने भनेपछि । तोकिएको मापदण्ड प्रक्रिया त अवलम्बन गर्नैपर्छ, नत्र कसरी त्यो सेनाले काम गर्न सक्छ ! अर्को कुरा, राजनीतिक बार्गेनिङ या ब्ल्याकमेलिङको आधारमा डफ्फाका डफ्फा मानिसलाई सेनामा ह्वारह्वार्ती हुल्ने कुरा पनि कहीँ जायज हुन सक्छ र ? एउटा कसैको सरकार टिकाउनकै लागि यस्तो काम गरिन्छ भने यो जस्तो निच र अराष्ट्रिय काम अरू हुनै सक्दैन । यस्ता अपहेलित हुने काम, हिस्टोरिकल ब्लन्डर, पुस्तौँपुस्तासम्म श्राप खाने काम वर्तमान सरकारले नगर्ला भन्ने लाग्छ मलाई ।
० दश हजार मधेसी युवालाई समूहगत रूपमा सेनामा प्रवेश गराउने भन्ने सहमति त सरकार बन्नुअघि नै भइसकेको छ त !
– अँ ! अहिले तर्राईवासी तीन हजार दाजुभाइलाई ल्याएर कर्र्णोल-जर्नेल बनाइदिने, भोलि मुसलमान आउलान्, शेर्पा, ब्राह्मणले पनि माग्लान्, र्राई-लिम्बू पनि आउलान्, त्यस्तो अवस्थामा नेपाली राष्ट्रिय सेनाचाहिँ कहाँ खोज्ने नि ? के यसरी नेपालको सामाजिक संरचना ध्वस्त बनाउने ? आपसमा अब नेपाली काटाकाटमा उत्रने ? नेपाललाई अफगानिस्तान र इराक बनाउने ? त्यसो भए नेपालीको भविष्य अब के ? नेपाली सेना भनेको यो राष्ट्रको एउटा आधार खम्बा हो भन्ने कसैले नबिर्र्सौं । तर्राईवासीको राजनीति गर्नुहुने नेता गणलाई पनि म आग्रह गर्न चाहन्छु कि तपाईं पहिले नेपाली हो कि फगत तर्राईवासी हो ? अरूलाई पनि यही प्रश्न गर्न चाहन्छु कि तपाईहरू पहिला नेपाली हो कि माओवादी, एमाले या काङ्ग्रेस ? मलाई लाग्छ- सबैले पहिला त आफूलाई नेपाली नै भन्नुहोला । त्यसो भए सबैले नेपाली भएर किन नसोच्ने ?
० जातीय पल्टनमा रूपान्तरण हुन लागेको हो त नेपाली सेना ?
– यसो हेर्दा त जातीय पल्टन मात्रै होइन एउटा पार्टीको भ्रातृ सङ्गठन जस्तै पो गर्न थालियो त !
० नेपाली सेनाले मान्छ त यस्तो ?
– मैले त भने नि, नेपाली सेनाले संविधान र कानुनको बर्खिलाप हुने कुरामा स्पष्टताका साथ अब्जेक्सन गर्न सक्नुपर्छ । यो-यो कारणले हामी यो आदेश पालन गर्न अर्समर्थ छौँ भनी भन्नु सक्नुपर्छ । सरकारको निर्देशन सेनाले मान्नुपर्छ र मान्छ तर त्यो कानुनसम्मत हुनुपर्छ । भोलि अर्को सरकार आउला र आफू टिक्नका लागि उसले आफ्नै कुरा लाद्दै
जाला ! अनि के गर्ने ? त्यसैले एउटा निश्चित ऐन-नियममा सेना चल्छ र चल्नुपर्छ । तपाईंलाई समस्त नेपालीले आस्था र विश्वास राख्ने सेना चाहिएको छ कि कुनै जाति, धर्म या क्षेत्रविशेषको स्वार्थमा काम गर्ने डफ्फा ?
० प्रधानमन्त्रीले निर्णय गरिसकेको कुरा के हुन्छ त ?
– संविधानमा कहाँ लेखेको छ प्रधानमन्त्री संविधानभन्दा माथि हुन्छ, उसले जे-जे गरे पनि देश र जनताले स्वीकार गर्नुपर्छ भनेर ? मलाई देखाइदिनुहोस् त !
० तपाईं आफैं प्रधानसेनापति भएको बेला नेपाली सेनालाई समावेशी बनाउने, प्रजातान्त्रीकरण गर्ने भन्ने निर्णय भएको बिर्सनुभयो ?
– त्यसको भोलिपल्ट राष्ट्रिय सेवा दलको वारि्षकोत्सवमा मैले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै सामुन्ने यो तपाईंहरूले जे गर्नुभयो त्यो नेपाली सेनालाई अमान्य छ भनेर सुझावसहित खण्डन गरेको पनि त रेकर्ड नै छ नि ?
० यसको मतलब तीन हजार मधेसी युवालाई नेपाली सेनामा प्रवेश गराउने कुरा नेपाली सेनाले मान्दैन ?
– तर्राईवासी भाइबहिनीहरूलाई नेपाली सेनामा प्रवेश गराउन नमान्ने भन्ने होइन कि जुन प्रक्रिया अपनाउन लागिएको छ त्यो कानुनसम्मत छैन भने त्यो मान्नुहुँदैन नेपाली सेनाले भन्ने मेरो भनाइ हो । संविधान र कानुन मिच्ने काममा नेपाली सेनालाई कसैले अग्रसर गराउन हुँदैन, लोकतान्त्रीकरण र समावेशीका नाममा पार्टीगत भ्रातृ सङ्गठन तुल्याउन खोज्नुहुँदैन नेपाली सेनालाई । यसो गरेमा नेपालको अस्तित्वमै खलल पर्छ । नेपाली जनताको हकअधिकारको रक्षा हुँदैन । प्रजातन्त्रको आधारस्तम्भ नै ध्वस्त हुन्छ । त्यसैले त्यो मान्नुहुँदैन । तर, यो-यो कारणले हामी यो मान्न अर्समर्थ छौँ भनी प्रक्रियागत ढङ्गले भन्नुपर्छ सेनाले ।
० तपाईं पदमा बहाल रहँदा पनि सुरुदेखि नै सेना समायोजनको विरोधमा हुनुहुन्थ्यो, होइन ?
– एकदम गलत ! ममाथि ठूलो आक्षेप हो यो त ! विस्तृत शान्तिसम्झौतामा उल्लेख भएअनुसार हुनुपर्छ, त्यसलाई मिच्न पाइँदैन भनेको मात्र हो नेपाली सेनाले । त्यतिबेला पनि र अहिले पनि नेपाली सेनाले भनेको र भनिरहेको के हो भने सेनालाई कुनै पनि ‘वाद’मा मुछ्न मिल्दैन, कुनै पनि ‘विचार’भित्र पार्न मिल्दैन । नेपाली सेनालाई कुनै पार्टीगत निर्णयका आधारमा छेडछाड गर्न हुँदैन । यो कुरालाई बढाइचढाइ गरेर आरोप लगाउन मिल्दैन ।
० साढे ६ हजार माओवादी लडाकालाई जसरी सेनामा समायोजन गरिने निर्णय गरिएको छ, के उनीहरू ँमाओवादी आइडियोलोजी’ बिर्सेर सेनामा प्रवेश गर्लान् त ?
– कस्तो प्रश्न हो यो ? के नेपाली राष्ट्रिय सेना कागजको खोस्टो हो ? परालको धुलो हो
र ? दिमागमा कुनै सिद्धान्तविशेष बोकेर अनि राष्ट्रको सेना बन्न मिल्छ कसैले ? त्यसैले नेपाली सेनाले स्पष्टसँग भनिदिएको छ कि व्यक्तिगत क्षमताको आधारमा, तोकिएको मापदण्ड पूरा गरेर मात्र सेनामा प्रवेश गर्न सकिन्छ भनेर । हेर्नुस्, नेपाली सेनाले पनि शान्ति स्थापनाका लागि धेरै ठूलो भूमिका निर्वाह गरेको छ । उसले ठूलो संयमता अपनाएको छ । यदि नेपाली सेनाले चाहेको भए जे पनि हुनसक्थ्यो यहाँ । तर, सेनाले शान्ति रोज्यो, रक्तपात ननिम्तियोस् भनेर ठूलो योगदान पुर्‍यायो । नेपाली सेनाले शान्तिको पक्षमा अडान नलिइदिएको भए के-के हुन्थ्यो कसले अनुमान लगाउन सक्छ । आज नेपाली सेनाकै कारण माओवादी पनि शान्ति र लोकतान्त्रिक प्रक्रियामा आएका छन् ।
० नेपाली सेनालाई कमजोर बनाउने राजनीति छ माओवादीको भन्छन् नि, तपाईंलाई के लाग्छ ?
– यो कुरामा त म माओवादीलाई दोष दिन चाहन्नँ । मैले साढे दुई वर्षअघि वीरगन्जमा के भनेको छु भने नेपालका नेता गणलाई माओवादीले बेवकुफ बनाइरहेका छन् । अहिले यो कुरा कति लागू भएको छ कि छैन तपाईंहरू नै हेर्नुस् । माओवादीको मेनुफेस्टो पढ्नुस् सर्वप्रथम, अनि उनीहरूको व्यवहार हेर्नुस्, पार्लियामेन्टमा, मन्त्रालयमा उनीहरूका कस्ता-कस्ता मानिस छन्, के गरिरहेका छन् हेर्नुस् न ?
० माओवादीलाई बिच्क्याएर त शान्तिप्रक्रियाले पूर्णता पाउँदैन नि त ?
– त्यही भएर त नेपाली सेनाले पनि छातीमाथि ढुङ्गा राखेर यत्रो प्रयत्न गरिरहेको छ त !
० तपाईं माओवादीविरोधी हो कि होइन, प्रस्ट भनिदिनुस् त ?
– म माओवादीविरोधी होइन । कुनै पनि नेपालीविरोधी होइन म । नेपालीको सर्न्दर्भमा कुनै पनि एकतन्त्रीय शासन चल्दैन, चलाउनु हुँदैन, नेपाली मानसिकतामा त्यो फिट हुँदैन, नेपाली जनताले त्यो स्वीकार गर्दैनन्, संसारले स्वीकार गर्दैन भन्ने मान्यता राख्ने व्यक्ति हुँ म, कसैको विरोधी होइन ।
० राजा ज्ञानेन्द्रले एकतन्त्रीय शासन चलाउन खोज्दा किन बोल्नुभएन त ?
– बोलेँ कि बोलिनँ त्यो थाहा पाउनेले थाहा पाएको छ । ठाउँ-कुठाउँ जथाभावी बोल्दै हिँड्ने व्यक्ति त होइन नि म । हामीले कसलाई के भन्यौँ कि भनेनौँ- त्यो त हामीलाई नै थाहा छ ।
० तपाईं माओवादीप्रति पूर्वाग्रही बन्नुभयो भन्ने आरोप पनि छ नि ?
– आरोप त त्रेतायुगका भगवान् रामचन्द्रमाथि पनि लगायो धोबीले भने यो त कलियुग हो जसले जे आरोप पनि लगाउन सक्छ । त्यतिखेरका सर्वशक्तिमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मैले नै हो गएर पटकपटक ‘माओवादीले चुनाव जितेर आए, यदि प्रजातान्त्रिक पद्धति मान्ने हो भने सत्ता त उसलाई बुझाउनैपर्छ’ भनेर आग्रह गरेँ । यस्तो व्यक्तिलाई माओवादीप्रति पूर्वाग्रही भएको भन्न मिल्छ ?
० अहिलेचाहिँ प्रचण्डसँग तपाईंको सम्बन्ध कस्तो छ ?
– एउटा साधारण नेपालीले अर्को नेपालीसँग जस्तो सम्बन्ध राख्छ त्यस्तै छ । भेट्दा कुराकानी हुन्छ ।
० उहाँ फेरि प्रधानमन्त्री बन्न खोज्दै हुनुहुन्छ भनिन्छ, तपाईंलाई के लाग्छ ?
– सबै मिलेर उहाँलाई प्रधानमन्त्री बनाउँछन् भने मैले किन कपाल दुखाइरहने ? मेरो पनि शुभकामना नै रहन्छ । मुलुक र जनताको हितमा काम गरिदिनुहोस् भन्ने आग्रहचाहिँ गर्छु, उहाँ प्रधानमन्त्री बनेमा ।
० तपाईं पार्टी गठन गर्दै हुनुहुन्छ भन्ने पनि सुनिन्छ नि ?
– मैले राजनीतिक दल खोल्छु भनेर तपाईं पत्याउनुहुन्छ ? तर, नेपाली जनताले अन्यथा नठानुन्- म के भन्न हिच्किचाउँदिनँ भने अहिलेका नेताहरू ‘हामीले सकेनौँ’ भन्दै जङ्गलतिर छिरे भने या सबै लाखापाखा लागे भने त कसै न कसैले चलाउनुपर्‍यो नि ! त्यस्तो बेला त म पनि विचार गरौँला भनेर ठट्टा गर्ने गरेको छु मैले ।